ताप्लेजुङको आठराई त्रिवेणीले फुलवारीको विद्युत्त महशुल नर्तिने

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा २ साविक फुलवारीको विद्युत्तको महशुल पालिकाले नर्तिने भएको छ ।
आठराई त्रिवेणी गाउँपालिकाकाले एक सूचना प्रकाशित गदै आँउदो आर्थिक वर्ष देखि डा वडा. २ फुलबारीमा एक मात्र TDO मिटरद्वारा सम्पूर्ण लाभग्राहीको महुशल एकमुष्ट रिडिङ हुने गरेको सो वडा क्षेत्रभित्रका व्यवसायिक प्रयोजनमा प्रयोग हुने विद्युत्त महशुल औंल्याउन कठिन भएको उल्लेख गर्दै विद्युत्त महशुल पालिकाले नर्तिन जनाएको हो ।
सूचनामा फूलबारी ग्रामीण विद्युत सहकारी संस्थालाई गाउँपालिकाले पटक पटक पत्राचार गरी सहकारी संस्था नेपाल विद्युत प्राधिकरणमा हस्तान्तरण गर्नु भनी निर्देशन गर्दा समेत कुनै सुनुवाई नभएको भन्दै २०८२ साउन १ गते देखिको विद्युत्त महशुल नर्तिने जनाएको हो ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत बाबु नन्दन मेहताद्धारा हस्ताक्षरित पटक पटक निर्देशनको पालना नगरेको भन्दै फूलबारी ग्रामीण विद्युत सहकारी संस्थाले नेपाल विद्युत्त प्राधिकरणलाई हस्तान्तरण गरी बरबुझारथ नगरेसम्मका लागि २०८२ श्रावण १ गतेदेखि फूलबारी विद्युत सहकारी संस्था मातहतका उपभोक्ताको विद्युत महशुल गाउँपालिकाले भुक्तानी नगर्ने चेतावनी समेत दिएको छ पालिकाले उपभोक्तालाई पर्ने असरप्रति क्षमा समेत मागेको छ ।