ताप्लेजुङको  सिरिजङ्गा गाउँपालिकाले एक महिनाको तलब बराबरको रकम दिएर उत्कृष्टलाई पुरस्कृत गर्‍यो

वेलकम खबर
असार २६, २०८२

ताप्लेजुङ  । ताप्लेजुङको सिरिजंघा गाउँपालिकाले पालिका भित्र  उत्कृष्ट  काम गर्ने कर्मचारी, शिक्षक तथा कृषकहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । सिरीजङ्घा गाउँपालिकाको १७ औ गाउँसभा अधिवेशनको दोस्रो बैठकले पालिका भित्रका कर्मचारी, शिक्षक तथा कृषकलाई पुस्कृत गरेको हो । आर्थिक वर्ष २०८१ । ०८२ मा उत्कृष्ट कामको आधारमा पुरस्कृत गरिएको पालिकाका उपाध्यक्ष डा।चित्र मावोले जानकारी दिनुभयो ।
गाउँ कार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरूमा कार्यरत कर्मचारीहरू मध्येबाट उत्कृष्ट र रचनात्मक कार्यसम्पादन गर्ने कर्मचारीहरुलाई मल्याङ्कन गरी पुरस्कृत उपाध्यक्ष मावोको भनाई  छ गाउँपालिका भित्रका कर्मचारीहरूको तर्फबाट सिरिजङ्गा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक श्री संजिव सिंह, वडा नं ७ खेवाङमा कार्यरत नायव पशु स्वास्थ्य प्राविधिक श्री अरुण परियार, आम्बेगुदिन स्वास्थ्य कार्यालयमा कार्यरत अनमी निर्मला थेवे, गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी गोविन्द खवास, सिनाम स्वास्थ्य कार्यालयमा कार्यरत कार्यालय सहयोगी तारा सार्कीलाई अहिले सरकारले तोकेको एक महिनाको तलव बराबरको रकमले पुरस्कृत गरिएको उपाध्यक्ष डा। माबोले बताउनुभयो ।
त्यस्तै विद्यालयको तर्फबाट तेल्लोकका शिक्षक श्री चन्द्रकला पालुङ्वा, आम्बेगुदिन मा।वि। शिक्षक दिपक भट्टराई तथा सिनाम माविका  शिक्षक सनकुमार लिम्बुलाइ पुरस्कृत गरेको छ।
शिक्षकहरूको पुरस्कार पनि एक महिनाको तलब बराबर रकम र सम्मान पत्र रहेको पालिकाले जनाएको छ ।
गाउँपालिकाले  उत्कृष्ट किसान सिरीजङ्घाको शान संस्कार बसाउन सिरिजङ्गा गाउँपालिका भित्रका सम्पूर्ण वडा मध्येबाट उत्कृष्ट कृषकलाई पनि नगद रकम सहित सम्मान गरिएको छ।
सिरीजङ्घा गाउँपालिका वडा नं ७ मा रहेको लुङधुङ भेडापालन फार्म र सिरिजङ्गा गाउँपालिका वडा नं ३ मा रहेको साङ्घागु एकिकृत कृषि फार्मलाई नगद रु ५ हजारका दरले पुरस्कृत गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदाम्वेले जानकारी दिनुभयो । पुरस्कार तथा सम्मानले आफ्नो जिम्मेवारी थप बढेको पुरस्कृत हुनेहरूको भनाई छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*