भारि वर्षाले लेलेपमा पुल बगायो, स्थानीय जनजीवन प्रभावित

वेलकम खबर
असार २६, २०८२

ताप्लेजुङ  ।  फक्ताङलुङ गाउँपालिका-६ लेलेपमा पैदलयात्रीकालागि प्रयोग हुने दुई वटा आरसीसी पुल र सवारी सञ्चालनकालागि प्रयोग हुने एउटा काठको पुल बगाएको छ।

स्थानीय चाङ्गा होटलका सन्चालक सोनाम शेर्पाका अनुसार बुधबार रातिको वर्षा र खोलामा आएको बाढीले गाउँलाई समेत त्रसित बनाएको छ। ‘लेलेपबाट लावाजिन गाउँतिर जाने आरसीसी पुल बगाएपछि आवतजावतमा समस्या भएको छ,’ फक्ताङलुङ-६ लेलेपका वडाध्यक्ष पेम्बाटासी शेर्पाले भने, ‘थाक्पा खोलामा गाडी तर्न बनाएको काठको पुलपनि बगाएकाले ओलाङचुङगोलातर्फ जाने यातायातपनि अवरुद्ध भएको छ।’

थाक्पा खोलाबाट उत्पादित बिजुलीको पावर हाउसमा पानी लैजाने कुलो बगाएकाले लेलेपमा बिद्युत सेवापनि अबरुद्ध भएको पेम्बाटासीले बताए । यसले साविकका ३, ४, ५, ६ र ७ नम्बर वडा अन्धकारमा परेका छन् । लावाजिन गाउँ जाने पुल वडाले बनाएको थियो भने स्थानीयसँगको सहकार्यमा विद्युत उत्पादन गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*