ताप्लेजुङको मैवाखोला गाउँपालिकाको प्रगति ९० प्रतिशत
ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ९० प्रतिशत प्रगति गरेको छ । मैवाखोला गाउँपालिकालले आर्थिक वर्ष २०८१ ०८२ को खर्च प्रगति बिबरण सार्वजनिक गदै कुल ८९. ११ प्रतिशतले काम सम्पन्न भएको उल्लेख गर्नु भएको हो ।
पालिका अध्यक्ष विजयप्रकाश वनेमले काम प्रगति सार्वजनिक गर्दै पुँजीगत खर्च तर्फको प्रगति ८७.४१ प्रतिशत र चालु तर्फ ९०.०५ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।
पालिका अध्यक्ष वनेमलेले चालु आवमा बजेट कार्यान्वनमा अहोरात्र भूमिका खेल्नुहुने गाउँपालिकाका जनप्रतिनिधि , प्रमुख प्रशासकीय अधिकृत सहित सम्पूर्ण कर्मचारी साथीहरू, टोलबिकास संस्थाहरुका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु, निर्माण व्यवसायी र राजनीतिक पार्टीहरु एबम् सञ्चारकर्मी मित्रहरू लगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति आभार समेत व्यक्त गर्नु भएको छ ।



















