ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु, एक घाईते

वेलकम खबर
असार २४, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङले लागी घाइते हुनुभएका एक जनाको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका तीन थुङरुङ्वाका राज कुमार लिम्बू देवानको उपचारको क्रममा मृत्यु भएको हो ।३९ वर्षीय देवान मङ्गलबार साँझ ५ः२० बजे आफ्नै घरमा बसिरहेका बेला पानी सँगै परेको चट्याङले लाग्दा घाइते हुनुभएको थियो । घाइते देवानलाई उपचारको लागि स्वास्थ्यचौकी साब्लाखु लगिएको थियो ।

उपचारको क्रममै उहाँको मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ । हाल देवानको शव साब्लाखु स्वास्थ्य चौकीमा राखिएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको पारिवारीक स्रोतले जनाएको छ ।यस्तै सिदिङ्वा गाउँपालिका पाँच लिम्बूदिनका मिसन लिम्बू पनि चट्याङले लागेर घाइते हुनुभएको छ । मङ्गलबार साँझ छ बजेको समयमा घरको एमसिबी झार्ने क्रममा १७ वर्षीय लिम्बू चट्याङले लागेर घाइते हुनुभएको हो । घाइते लिम्बूको स्वास्थ्य चौकी साब्लाखुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी तथा प्रहरि निरिक्षक बिवेक बस्नेतले जानकारी दिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*