ताप्लेजुङ गोल्डकपको तयारी तीब्र, काठमाडौँमा भयो यस्तो छलफल ( फोटो फिचर तथा भिडियो सहित )

वेलकम खबर
असार २३, २०८२

ताप्लेजुङ । आँउदो साउन २४ गते ३१ गते सम्म  ताप्लेजुङ सदरमुकाम फुङलिङमा हुने  लाखेजात्राको अवसरमा खेलाइने  तेस्रो अन्तरराष्ट्रिय ताप्लेजुङ गोल्डकपको तयारी तीब्र बनाइएको छ । लाखेजात्रा खेलको जानकारी तथा तयारीको बारेमा काठमाडौँमा सरोकारवालाहरूसँग अन्तरक्रिया गदै लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले खेल सञ्चालनका लागि ६५ लाख खर्च हुने अनुमान गदै सबैलाई साथ सहयोग गर्न आग्रह गर्नु भएको छ ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री योगेश भट्टराईले लाखेजात्रा ताप्लेजुङमा हुने सबै भन्दा ठूलो चाड भएको भन्दै विशेष गरेर नेवार समुदायका चाड भएपनि  ताप्लेजुङमा भने सबै जातजातिले मनाउने चाड भएको बताउँदै जिल्लाको फुटबलको लागि काठमाडौँमा हुने दुईवटा संस्था ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालले नेतृत्वदायी भूमिका खेल्नु अनुरोध गदै  गोल्डकप सफल पार्न आफूले सक्दो सहयोग गर्ने अनुरोध गदै जिल्लाका लागि सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो । त्यस्तै प्रतिनिधिसभा सदस्य उर्मिला थेवेले गोल्डकप  सफल बनाउन सक्दो सहयोग गर्ने बताउनुभयो ।


त्यस्तै ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँका अध्यक्ष बलबहादुर तामाङले गत साल पनि गोल्डकपलाई सहयोग गरेको बताउँदै यस वर्ष पनि सहयोग हुने प्रतिबद्धता जाहेर गर्नुभयो । ताप्लेजुङ समाज नेपालका बरिष्ठ उपाध्यक्ष रमेश बरालले जिल्लाका खेलकुदको लागि आफूले व्यक्तिगत रुपमा पनि सहयोग गर्दै आएको बताउँदै  संस्थागत रुपमा निर्णय गरेर सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
त्यस्तै जिल्ला फुटबल संघ ताप्लेजुङका पूर्वअध्यक्ष बालकुमार साँवाले ताप्लेजुङ गोल्डकपका लागि चाहिने गोलपोष्टको लागि जाली, फुटबल  लगायतका सामाग्री निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जाहेर गर्नुभयो । कार्यक्रममा सहभागी पूर्वखेलाडी माधव प्रधानले प्रधानमन्त्री  केपी शर्मा ओलीले ऐतिहासिक ताप्लेजुङ गोल्डकपको लागि १० लाख सहयोग गर्नुपर्ने बताउनुभयो ।  लाखेजात्राको अवसरमा ताप्लेजुङमा २०२२ साल देखि निरन्तर रुपमा फुटबल खेल हुदैछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु