ताप्लेजुङमा ३४ चौपायामा देखियो लम्पी स्किन

वेलकम खबर
असार २२, २०८२

ताप्लेजुङ । ताप्लेजुङको पशु चौपायामा लम्पी स्किनको संक्रमण देखा परेको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङको ९ स्थानीय तह मध्ये ६ स्थानीय तहका चौपायामा लम्पी स्किन फेला परेका जनाएको हो ।भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर रोशन दाहालका अनुसार अहिलेसम्म ६ स्थानीय तहका ३४ चौपायमा स्किनको संक्रमण पुष्टी भएको बताउनुभयो । लम्पी स्किन सिदिङ्वा गाउँपालिकाका २ पशुबस्तु, मेरिङदेनका १० सिरिजङ्गाका ५। फक्ताङलुङका २, फुङलिङका ७ र आठराई त्रिबेणीका ८ चौपायामा लम्पी संक्रमण पुष्टी भएको छ । भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ताप्लेजुङका प्रमुख डाक्टर दाहालका अनुसार सुरुमा फुङलिङ नगरपालिकाको वडा नं १० फुरुम्बु र वडा नं ७ र ८ दोखुका केहि पशु चौपायामा लम्पि स्किन सम्वन्धी संक्रमणका लक्षण देखिएका थिए ।
भेटनरीबाट अहिलेसम्म ४ हजार ७ सय ५० डोज लम्पी स्किनको संक्रमण बिरुद्धको खोप प्रदान भइसकेको समेत डाक्टर दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार अहिलेसम्म मिक्वाखोला, पाथीभरा याङवरक र मैवाखोला गाउँपालिकाका पशु बस्तुमा लम्पि स्किनको संक्रमण देखा परेको छैन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु