सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको निर्णय

वेलकम खबर
असार २१, २०८२

काठमाडौ । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।शनिबार बसेको पार्टी संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो ।
नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्त्री हुनुहुन्छ । मन्त्री चौधरीले भोलि नै प्रधानमन्त्री समक्ष राजीनामा बुझाउने श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*