यी २९ जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित १५ जिल्लामा ‘एल्लो अलर्ट’

वेलकम खबर
असार १८, २०८२

काठमाडौँ । देशका २९ जिल्ला र आसपासका क्षेत्रमा आज बाढीको जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २९ जिल्लामा बाढीको जोखिम र १५ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ ।

आज काठमाडौँ, ललितपुर, भक्तपुर, बागलुङ, म्याग्दी, पर्वत, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने उच्च सम्भावना छ।

यस्तै संखुवासभा, ताप्लेजुङ, दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, तनहुँ, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुम पश्चिम, रोल्पा, सल्यान, प्युठान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, बझाङ, कैलाली, कञ्चनपुर , झापा, इलाम, पाँचथर, सोलुखुम्बु, रामेछाप, भोजपुर, नुवाकोट, धादिङ, रौतहट, रुकुम पूर्व, दाङ, बर्दिया र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम मात्र देखिएको बाढी महाशाखाले जनाएको छ।

यस्तै आज १० ठुला नदिमा पानिको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्क रहन समेत महाशाखाले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*