नागार्जुनका मेयर बस्नेतलाई ८ वर्ष ३ महिना कैद

वेलकम खबर
असार १७, २०८२

काठमाडौं। सम्पत्ति शुद्धीकरणको मुद्दामा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई ८ वर्ष तीन महिनाको कैद सजाय तोकिएको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतलाई सो सजाय निर्धारण गरेको हो । बस्नेतलाई घुस काण्डमा २ करोड ३० लाख ६१ हजार ५०८ रुपियाँ ८ पैसा जरिवाना तोकिएको छ । त्यसै गरी सम्पत्ति शुद्धीकरणको मुद्दामा बस्नेतलाई १३ करोड १२ लाख ७३ हजार ३२ रुपियाँ ३३ पैसा बिगो दाबी गरिएकोमा ३ वर्ष कैद सजाय हुने ठहर भएको छ भने बिगोको दोब्बर २६ करोड २५ लाख ४६ हजार ६४ रुपियाँ ८६ पैसा जरिवाना हुने ठहर भएको विशेष अदालतले जनाएको छ ।

त्यस्तै गैरकानुनी रूपमा कमाएको ठहर भएको सम्पत्तिसमेत जफत हुने भएको छ । बस्नेतमाथि सम्पत्ति शुद्धीकरणकै कसूरमा राष्ट्रसेवकलाई हुने अतिरिक्त १० प्रतिशत कैद सजायसमेत (३ महिना १० दिन) थप हुनेछ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*