ताप्लेजुङका एक युवालाई खोलाले बगायो

वेलकम खबर
असार १६, २०८२

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाउँपालिका वडा ३ का एक युवालाई तमोर खोलामा नुहाउने क्रममा बगाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मिक्वाखोला ३ बस्ने पासाङ शेर्पाको २५ वर्षीय छोरा लाक्पा शेर्पा आज सोमवार फुङलिङ नगरपालिका वडा १ स्थित तमोर नदीमा दिउँसो साढे १ बजे नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता बनेको प्रहरीले जनाएको छ ।   बेपत्ता भएका शेर्पा सेबालुङ क्रसरमा ट्याक्टर चालकको रुपमा काम गदै आएको प्रहरीले जनाएको छ ।
वेपत्ता खोज तलासको लागि दोभानबाट प्रहरी सहायक निरीक्षक ओम नारायण श्रेष्ठको टोलीमा ५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*