ताप्लेजुङको गोन्पाका शेर्पा र गुरुङ बने ताप्लेजुङ प्रथम र द्धितीय तेस्रो बने कञ्चनजंघा
ताप्लेजुङ । यस वर्षको एसईइ परीक्षामा ताप्लेजुङ फुङलिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा (भाषा) बिद्यालयको बिद्यार्थी लाके शेर्पाले ३ .९१ जिपीए ल्याएका प्रथम भएका छन । शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार
सोहि बिद्यालयका प्रितम् गुरुङले ३.८६ जिपीए ल्याएका छन् । बिद्यालयले उनी जिल्लाकै दोस्रो उत्कृष्ट जिपीए ल्याउने बिद्यार्थी रहेको बताएको छ ।त्यस्तै कञ्चनजंघा आवासीय बिद्यालयका रमियुका राईले ३.७८ तजिपीए ल्याएर तेस्रो बनेका छन । भानुजन माविका पर्वत भट्टराईले ३.७७ जिपीए ल्याएका छन् ।
लिटल बुद्ध आवासीय माविका बिद्यार्थी स्वीकृति तामाङले ३.७२ जिपीए प्राप्त गरेर क्रमश चौथो र पाँचौ बनेका छन । ताप्लेजुङमा यसबर्षको एसईई परीक्षामा नियमिततर्फ १ हजार ४ सय १५ जना बिद्यार्थीले परीक्षा दिएका थिए । परीक्षा दिएकामध्ये ६ सय ५० जना ९ ४५. ९३ प्रतिशत० र प्राविधिक धारतर्फ १ सय २२ जनाले परीक्षा दिएकोमा ९१ जना ९७४।५ प्रतिशत० परीक्षार्थी उर्तीण भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
सतप्रतिशत बिद्यार्थी उर्तीण गराउन सफल बिद्यालयहरुमा फुङलिङ नगरपालिकास्थित साङ्क देछ्योलिङ गोन्पा ९(भाषा) बिद्यालय, फक्ताङलुङ गाउँपालिका वडा नं ३ को सिँवा मावि लिङखिम र वडा नं ५ तापेथोकको सरस्वती मावि तापेथोक, आठराई त्रिबेणीको गुप्तेश्वर मावि फुलवारी र मिक्वाखोला गाउँपालिकाको मोति मावि खोक्लिङ रहेका छन् ।



















