ताप्लेजुङको तीन विद्यालयको नतिजा शुन्य

वेलकम खबर
असार १५, २०८२

ताप्लेजुङ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ताप्लेजुङ तीन विद्यालयको नतिजा शुन्य आएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार परीक्षामा सहभागी भएको ६८ विद्यालय मध्ये सिदिङ्वा गाउँपालिकाको सरस्वती मावि साब्लाखु,सिरिजङ्गा गाउँपालिकाको राष्ट्रिय मावि पेदाङ र मेरिङदेन गाउँपालिकाको सिंहदेवी मावि थिङलाबुको एक जना पनि विद्यार्थी उर्तिण गर्न नसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु