एसईई नतिजा : १२६ जना परीक्षार्थीको परीक्षा रद्द

वेलकम खबर
असार १३, २०८२

काठमाडौँ।माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागीमध्ये १२६ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ । नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५,२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९,२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६, १.६ देखि २ जीपीए ल्याउने ८ जना वर्गीकृत भएका छन् भने अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७ रहेको छ। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*