एसईई नतिजा : कति विद्यार्थीले कुन जीपीए ल्याए ?

वेलकम खबर
असार १३, २०८२

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । जसमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडित भएका छन् । नतिजा अनुसार ३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७जना, ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५,२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४, २.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९,२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६, १.६ देखि २ जीपीए ल्याउने ८ जना वर्गीकृत भएका छन् भने अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७ रहेको छ।एसईईको परिणाम गत वर्षभन्दा सुधार पनि भएको छ । पोहोर ४७ दशमलब ८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएकोमा अहिले त्यो संख्या बढेर ६१.८१ पुगेको छ।

२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*