पाथीभरा याङवरकमा लागूपदार्थ दुर्व्यसनी, बालविवाह र ट्राफिक नियमक सम्बन्धी कार्यक्रम  (फोटो फिचर)

वेलकम खबर
असार १३, २०८२

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवरका गाउँपालिकामा लागू पदार्थ दुर्व्यसनी, बालविवाह र ट्राफिक नियमका बारेमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रवार गाउँपालिकाको केन्द्र वडा  न २ मा रहेको थेचम्बु माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गरिएको हो । गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा लागूऔषध सम्बन्धी प्रशिक्षण ताप्लेजुङका  प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा दिनु भएको थियो । त्यस्तै ट्राफिक नियमका बारेमा ताप्लेजुङका प्रहरी प्रमुख बेदप्रकाश गौतमले दिनु भएको थियो ।  बाल अधिकार तथा बाल विवाहेको कक्षा भने पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा वेलकमखबरमा सम्पादक राजेन्द्र श्रेष्ठले दिनुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि पालिका अध्यक्ष केशरकुमार सुब्बाले सचेतना कार्यक्रम पालिकामा रहेका बालबालिकाहरूको लागि अत्यन्तै फलदायी भएको बताउनुभयो । कार्यक्रम अध्यक्ष थेचम्बु माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर सुब्बाले गर्नु भएको थियो भने कार्यक्रको उद्देश्यको बारेमा प्रमुख प्रशासकीय अधिकृत संगम पौडेले स्पस्ट पार्नु भएको थियो । सचेतना कार्यक्रममा विद्यालयका ८,९ र १० कक्षाका १२० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रनमाया गुरुङ लागू औषध दुर्व्यसनी, बालविवाह र ट्राफिक नियमका बारेमा भएको कार्यक्रम राम्रो भएको बताउनुभएको थियो । 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*