वडा अध्यक्षले माफी माग्नु पर्ने भन्दै फुङलिङ नगरपालिका कर्मचारी आन्दोलित,गल्ती ठहराए माफी माग्न तयार : प्रवत्ता
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाको कर्मचारी माथि नगरपालिकाका प्रवक्ता तथा वडा नं २ का वडा अध्यक्ष मोहन न्यौपानेले कर्मचारीलाई अपमानित र अपहेलित हुने गरी दिएको अभिव्यक्तिप्रति नगर कर्मचारीले आपत्ति जनाएको छ ।
वडा अध्यक्ष ले हिजो (मङ्गलवार) फुङलिङ नगरपालिकाको आर्थिक वर्ष २०८२ । ८३ को वार्षिक बजेट, नीति कार्यक्रम अभिब्यक्तिप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । नगरका कर्मचारीहरूले सामूहिक विज्ञप्ति निकाल्दै नगरपालिकामा आमन्त्रित गरिएका कर्मचारीहरू तथा नगरसभा सञ्चालन तथा व्यवस्थापन कार्यमा खटिएका कर्मचारीमाथि नगरसभामा कर्मचारीहरू किन प्रवेश गरेका ? कसले बोलाएर आएको नगरसभामा उपस्थित भएका कर्मचारीहरूको भूमिका के रहने ? भन्ने जस्ता अपमानित हुने, कर्मचारीको मनोबल गिराउने जस्ता अभिव्यक्ति प्रति घोर आपत्ती जनाएको विज्ञप्तिमा भनिएको छ ।
कार्यपालिकाबाट ९ गते नै छलफल गरी सभामा पेश गर्नका लागि सर्वसमम्तबाट पारित गरिएको वार्षिक बजेट, नीति तथा कार्यक्रम माथि भएका त्रुटीहरुमा स्वयं कार्यपालिका सदस्यहरू जिम्मेवार भई जवाफ दिनुपर्नेमा कार्यपालिका सदस्यबाट नै कर्मचारी लक्षित गैर जिम्मेवार अभिव्यक्ति दिने साथै कार्यालयको कार्य वातावरणलाई नै प्रभावित बनाउने खालका उत्तेजक अभिव्यक्तिप्रति घोर निन्दा र भर्त्सना गरिएको विज्ञप्तीमा उल्लेखछ।
कर्मचारीहरूले कानून अनुसार काम नगरेको तथा सहयोग नगरेको भन्ने लागेमा वा कसैलाई कर्मचारीको काम व्यवहार प्रति चित्त नबुझेमा व्यक्तिगत रुपमा कर्मचारीलाई आक्षेप लगाउने तथा थर्काउने, धम्काउने साथै उक्त कर्मचारीको मनोबल गिर्ने खालका कुनैपनि गतिविधि गर्ने गराउने कार्य तत्काल बन्द गरी हाम्रा अभिभावक प्रमुख प्रशासकीय अधिकृत समक्ष मात्र आफ्ना गुनासाहरू राख्नुपर्ने विधिलाई अवलम्बन गर्नुपर्ने कुरामा सचेत गराउन चाहन्छौँ ,विज्ञप्तिमा भनिएको छ ।
यता वडा अध्यक्ष न्यौपाने कसैलाई अपमान गर्ने गरी नभनेको उल्लेख गर्दै नगरसभामा वडा कार्यालय र स्वास्थ्य केन्द्र नै बन्द गरेर कर्मचारीको नगरसभा आउन आवश्यक नभएको मात्रै बताएको हुँ । त्यसपछि विदा सम्बन्धी मापदण्ड बनाउन पर्ने मैले भनेको हो यदी यो कुरा नगर सभामा उठाउन गल्ती हो भने माफी माग्न तयार छु ,वडा अध्यक्ष न्यौपानेको भनाई रहेकोछ।




















