ताप्लेजुङमा नाबालिकालाई करणी गरेको अभियोगमा एकजना पक्राउ
वेलकम खबर
असार १०, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा १३ वर्षिया नाबालिकालाई करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार ३४ बर्षिय पुरुषले बालिकालाई डर त्रास धाक धम्की देखाइ जवरजस्ती करणी उजुरीको आधारमा पक्राउ गरेको हो ।
मुलुकी फौदारी कार्यविधी संहिता २०७४ को दफा १४ को ३ बमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी बिस्तृत अनुसन्धान भईरहेको प्रहरीले जनाएकोछ ।
्