ताप्लेजुङको फुङलिङ नगरपालिका सहित चार पालिकाले आज बजेट ल्याउदै
ताप्लेजुङ । ताप्लेजुङका चार स्थानीय तहले आज बजेट ल्याउँदै छ । एक नगरपालिका र तीन गाउँपालिकाले आज (मंगलवार) नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी गरेको हो ।ताप्लेजुङको फुङलिङ नगरपालिका, पाथीभरा याङवरक, फक्ताङलुङ र मिक्वाखोला गाउँपालिकाले आज बजेट ल्याउँदै छ ।
फुङलिङ नगरपालिकाले रङ्गशालालाई प्रमुख प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको छ भने जेसिभी र लोडर खरिदको लागि पनि बजेट छुट्याउने भएको छ । त्यस्तै कृषि, शिक्षा स्वास्थ्य खानेपानीलाई पनि बजेटमा प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न लागेको नगरप्रमुख अमिर मादेनले जानकारी गराउनुभयो । त्यस्तै अन्य पालिकाले भने कृषिलाई प्राथमिकतामा राखेर बजेट ल्याउने लागेको बुझिएको छ । यस अघि अन्य पालिकाले भने बजेट ल्याई सकेको छ ।



















