आज प्रतिनिधिसभाबाट विनियोजन विधेयक २०८२ पारित हुने

वेलकम खबर
असार १०, २०८२

काठमाडौँ ।प्रतिनिधिसभाको आज मंगलबार बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०८२ पारित गरिने भएको छ। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

बैठकमा अर्थमन्त्री पौडेलले ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।बैठक प्रारम्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षागृहसञ्चार तथा सूचना प्रविधिअर्थसहरी विकास मन्त्रालयप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयराष्ट्रिय योजना आयोगराष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालय अन्तर्गतका शीर्षकमाथि छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

यस्तै, सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह, दुर्गा राई, प्रेम सुवाल, अमनलाल मोदी, जनार्दन शर्मा, विमला सुवेदी, रेखा शर्मा, चित्रबहादुर केसी, शक्तिबहादुर केसी, हितराज पाण्डे, रामकुमार राई, देवेन्द्र पौडेल, माधव सापकोटा, रणेन्द्र बराली, ज्ञानु बस्नेत, उर्मिला माझी, अम्मरबहादुर थापा, छिरिङल्हामु लामा तामाङ, नारायणी शर्मा, गङ्गा कार्की र लेखनाथ दाहालद्वारा प्रस्तुत खर्च कटौतीको प्रस्ताव पनि निर्णयार्थ प्रस्तुत गरिने छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*