भोलि बजेट पारित गराउन कांग्रेस र एमालेको ह्विप

वेलकम खबर
असार ९, २०८२

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आर्थिक वर्ष २०८२/८३ को बजेट (विनियोजन विधेयक) पारित गराउन आफ्ना सांसदहरूलाई संसदमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएका छन्।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले असार १० गते बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८२ निर्णयार्थ प्रस्तुत हुने भएकाले सांसदहरूलाई अनिवार्य उपस्थिति भई पक्षमा मतदान गर्न ह्विप जारी गरेका हुन्।

बैठकमा तटस्थ नरहने र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिँदै दुवै दलले ह्विप जारी गरेका छन्। बजेट पारित गराउने प्रक्रिया सहज बनाउन सत्तारूढ गठबन्धन सक्रिय देखिएको छ।बजेट  फेल गर्ने देउवाको धम्कीपछि मन्त्रिपरिषद् बैठक जारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*