ताप्लेजुङको आठराई त्रिवेणीको बजेट ५२ करोड ३६ लाख

वेलकम खबर
असार ९, २०८२

 ताप्लेजुङ ।  ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५२ करोड ३६ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिको २१औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाको प्रशासकीय केन्द्र हाङपाङमा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष शान्ता कुमारी आङ्बुहाङले ५२ करोड ३६ लाख ५४ हजार रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ ।

कुल बजेटको चालु तर्फ ३३ कारोड ७६ लाख ७२ हजार २०५ रुपियाँ, पुँजीगत तर्फ १८ करोड ५९ लाख ८१ हजार ७७५ रुपियाँ प्रस्तुत गर्नुभएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत असार २१ गते भित्र पारित गरिने गाउँपालिका जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु