मेरिङ्देनको बजेट ५० करोड ५७ लाख बढी

वेलकम खबर
असार ९, २०८२

ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ५७ लाख बढि बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको २१औं गाउँ सभा मार्फत आगामी आर्थिक वर्ष २०८२–८३ का लागि उक्त बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाको प्रशासकीय केन्द्र सान्थाक्रामा आयोजित गाउँ सभामा पालिका उपाध्यक्ष दुर्गा श्रेङचोङबाङले ५० करोड ५७ लाख ५० हजार ९२८ रुपियाँ बजेट प्रस्तुत गर्नुभएको छ ।

कुल बजेट मध्ये वित्तिय समानीकरण अन्तरगत सङ्घीय सरकारको १० करोड ८९ लाख रुपियाँ, सङ्घीय सर्शत अनुदान १८ करोड ३२ लाख रुपियाँ र सङ्घीय सर्शत पुँजीगत अनुदान अन्तरगत एक करोड ८९ लाख रुपियाँको बजेट प्रस्तुत गरिएको छ । यस्तै सङ्घीय विषेश अनुदान अन्तरगत ३ करोड १० लाख रुपियाँ, सङ्घीय सरकार समपूरक अनुदान एक करोड १३ लाख रुपियाँ, राजश्व बाँडफाँडमा ८ करोड ४० लाख ८१ हजार ९२८ रुपियाँको बजेट गाउँपालिका उपाध्यक्ष चोङ्बाङले प्रस्तुत गर्नुभएको छ ।

यस्तै प्रदेश वित्तीय समानीकरण अन्तरगत ९७ लाख ७१ हजार रुपियाँ, प्रदेश सरकार अन्तरगत सर्शत अनुदान दुई करोड ४६ लाख ३६ हजार रुपियाँ, प्रदेश सरकार समपूरक एक करोड ४० लाख, प्रदेश सरकार अन्तरगत राजश्व बाँडफाँड ५४ लाख ६२ हजार रुपियाँ रहेको छ । गत आर्थिक वर्षको नगद मौज्दात एक करोड पाँच लाख रुपियाँ र आन्तरिक स्रोत, कर तथा गैर कर राजश्व अन्तरगत ५० लाख रुपियाँ रहेको छ । आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रस्तुत भए सँगै अब आवश्यक छलफल र पालिका सभाको बैठक मार्फत पारित गरिने गाउँपालिका जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*