राप्रपा र रास्वपाद्वारा आज पनि संसद् बहिस्कार

वेलकम खबर
असार ९, २०८२

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि संसद् बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै आएका प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरुले बैठकबहिष्कार गरेका हुन्।

आज बैठक सुरु भएलगत्तै राप्रपा र रास्वापाका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद शिव नेपाललाई बोल्न समय दिएका थिए ।उनले आफूहरूको आन्दोलन जारी रहेकाले सदन बहिष्कार गर्ने बताए । लगत्तै नाराबाजीमा उत्रिएका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु