ताप्लेजुङको आठराई त्रिवेणीले भूमिहीन सुकुम्बासीलाई जग्गा दिने, तीन पालिकाले आज बजेट ल्याउँदै 

वेलकम खबर
असार ९, २०८२

ताप्लेजुङ । ताप्लेजुङको तीनवटा पालिकाले आज आर्थिक वर्ष २०८२।०८३ को बजेट ल्याउँदै छ । ताप्लेजुङको दुई वटा पालिकाले नीति तथा कार्यक्रम सहित बजेट ल्याउँदै छ भने एउटा पालिका केही दिन अघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी र मेरिङदेन गाउँपालिकाले आज नीति तथा कार्यक्रम र बजेट ल्याउँदै छ भने मैवाखोला गाउँपालिकाले यस अघि नै नीति तथा कार्यक्रम ल्याएको र आज बजेट ल्याउने मैवाखोला गाउँपालिका अध्यक्ष विजय वनेमले बताउनुभयो । 

 आठराई त्रिवेणीले भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउनका लागि बजेट विनियोजन गर्ने भएको छ । पालिका भित्र सुकुम्बासी आयोगले तयार गरेका २९ परिवारलाई २ रोपनी देखि ४ रोपनी सम्म जग्गा उपलब्ध गराउन बजेट विनियोजन गरिने  आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो ।

त्यस्तै अध्यक्ष पोमुले शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष  प्राथमिकता राखेर बजेट ल्याउने अध्यक्ष पोमुले बताउनुभयो ।  उता मेरिङदेन र मैवाखोलाले पनि  कृषि,शिक्षा स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट निर्माण गर्ने बताईएको छ । ९ पालिका रहेको ताप्लेजुङमा ५ गते सिदिङवाल गाउँपालिकाले बजेट ल्याई  सकेका छ भने शनिवार सिरिजंघाले ल्याएको छ भने बाँकी फुङलिङ नगरपालिका,vपाथीभरा याङवरक गाउँपालिका, फक्ताङलुङ गाउँपालिका र मिक्वाखोला गाउँपाकिलाले भोलि १० गते बजेट ल्याउँदै छ । 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*