पशुपति कोषमा १० करोड बढी हिनामिना, १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा

वेलकम खबर
असार ८, २०८२

काठमाडौं।पशुपति क्षेत्र विकास कोषमा करोडौं रुपैयाँको भ्रष्टाचार गरेको अभियोगमा १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोषका तत्कालीन सदस्य सचिव डा. मिलन कुमार थापा, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, हाल परिषद् सदस्य राजुकुमार खत्रीलगायतलाई सार्वजनिक सम्पत्तिमा हिनामिना र दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेको हो।

शवदाह मेशिन जडानको नाममा गरिएको परामर्श सेवा खरिदमा मिलेमतो, नक्कली कोटेशन, अनुभवविहीन कम्पनीलाई ठेक्का, अनुभव झुट्याउने कागजात, अत्यधिक लागत अनुमान, बिना जाँच भुक्तानी, र कार्य अलपत्र पारेको आरोप छ।

अख्तियारका अनुसार, ठेक्का सम्झौताको म्याद सकिएको, जमानत फिर्ता नलिइएको र मेशिनसमेत गुणस्तरीय नभएको पाइएको छ। विशेष अदालत, काठमाडौंमा दर्ता गरिएको आरोपपत्रमा करिब १० करोड ३३ लाख रुपैयाँ हिनामिना भएको दाबी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*