कांग्रेस–एमाले सांसद बोल्न थालेपछि संसदबाट बाहिरियो रास्वपा

वेलकम खबर
असार ८, २०८२

काठमाडौं ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आईतवारको प्रतिनिधि सभा बैठकबाट बाहिरिएका छन्। संसद् बैठकमा झण्डै साढे १ घण्टा उभिएर विरोध जनाएपछि उनीहरु सदनबाट बाहिरिएका हुन्। रास्वपाका सांसदहरुले गृहमन्त्री लेखकको राजीनामा माग गर्दै र प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन हुनुपर्ने माग राख्दै आएका छन्। पार्टीका अनुसार सरकारले गम्भीरता नदेखाएसम्म आन्दोलन जारी रहनेछ।रास्वपाले जेठ १३ गतेदेखि प्रतिनिधि सभा अवरुद्ध गर्दै आएको छ। यसबीचका बैठकहरूमा समेत पार्टीले निरन्तर विरोध जनाउँदै आएको हो।

यस घटनापछि संसद्को वातावरण फेरि तनावपूर्ण बनेको छ भने विपक्षी दलहरूमध्ये रास्वपाले सरकारमाथि दबाव कायम राख्ने रणनीति लिएको स्पष्ट देखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*