सिंगापुरमाथि नेपालको शानदार जित, प्रसिद्धको अर्धशतक

काठमाडाैं । एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरमाथि नेपालले ६ विकेटको शानदार जित हात पारेको छ। सिंगापुरले दिएको १३९ रनको लक्ष्य नेपालले ३३।३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालका लागि प्रसिद्ध जैसीले नटआउट सर्वाधिक ५५ रन बनाए । त्यस्तै रौनक श्रीवास्तवले सर्वाधिक ४० रन बनाए। सुभम खनाल अविजित रहँदै ९ रन बनाए। नेपालका ओपनर सुर्यांशु कोइराला भने ९ रन बनाएको अवस्थामा रिटायर्ड हर्ट भएका थिए। सिंगापुरका लागि आकाश तेजाले ३ विकेट लिए। त्यस्तै युवान पाण्डेले १ विकेट लिए। यसअघि मलेसियाको यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६।१ ओभरमा सबै विकेट गुमाउँदै १३८ रनको योगफल बनायो । सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए।