सांसद अमरेशकुमार सिंहको अभिव्यक्ति संसद रेकर्डबाट हटाउन निर्देशन

वेलकम खबर
असार ८, २०८२

काठमाडौं ।प्रतिनिधिसभाका सांसद अमरेशकुमार सिंहले दिएको अभिव्यक्तिमाथि विवाद उत्पन्न भएपछि संसद सचिवालयले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन निर्देशन दिएको छ।

आईतवार बसेको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले सरकारले बजेटमार्फत ५ वटा जिल्लालाई मात्र प्राथमिकतामा राखेको भन्दै आपत्ति जनाएका थिए। उनले अन्य जिल्लाहरूलाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनु पर्ने भन्दै व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेका थिए।

सिंहको उक्त अभिव्यक्तिप्रति तत्कालै नेकपा ९एमाले०का प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाउँदै नियमावली विपरीतको अभिव्यक्ति भएको बताएका थिए। बर्तौलाले सिंहले संसदको रोष्टमबाट आपत्तिजनक र देशद्रोही खालको अभिव्यक्ति दिएको आरोप लगाउँदै कारबाहीको मागसमेत गरेका थिए।

विवाद बढ्दै गएपछि सभामुख देवराज घिमिरेले सिंहको आपत्तिजनक भनाइ संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्। साथै सभामुखले संसदको मर्यादा कायम राख्न सबै सांसदहरूलाई संयमित भएर अभिव्यक्ति दिन आग्रह गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*