दुर्गा प्रसाईको गाडीभित्रबाट भिडिओ खिचेका पत्रकारलाई धरौटी माग

वेलकम खबर
असार ४, २०८२

काठमाडौं । काठमाडौंको तीनकुने घटनामा पत्रकार प्रकाशचन्द्र दाहालसँग पाँच हजार धरौटी माग भएको छ। नवराज सुवेदी संयोजक रहेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंको गाडी भित्रबाट भिडिओ खिचेको आरोप लागेका दाहाललाई काठमाडौं जिल्ला अदालतले बुधबार पाँच हजार धरौटी मागेको हो।

उनी नेपाल पुकार डटकमका पत्रकार हुन्। उनले तीनकुने घटनामा दुर्गा प्रसाईले प्रहरीको घेरा तोडेर गाडी चलाउँदा भित्र बसेर भिडिओ खिचेको भन्दै प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो।काठमाडौं जिल्ला अदालतले मंगलबार मात्रै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई तीन लाख र सोमबार सांसद धवलशम्शेर राणालाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको थियो। त्यसअघि गत बिहीबार अदालतले दुर्गा प्रसाईसहित सात जनालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। बाँकी प्रतिवादीलाई धरौटी माग भएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु