२० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

वेलकम खबर
असार ३, २०८२

काठमाडौँ । गृह मन्त्रालयले २० प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ। गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट २० प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो । सरुवा गरिएका प्रमुख जिल्ला अधिकारीमा १५ सहसचिव र पाँच जना उपसचिव छन्।

गृहले गोरखामा सहसचिव रामुराज कडरिया, भोजपुरमा सहसचिव सुरेश पन्थी, डडेलधुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा, रोल्पामा वासुदेव दाहाल, बैतडीमा पुण्यविक्रम पौडेललाई सरुवा गरिएको छ। त्यस्तै सिन्धुलीमा दिनेश सागर भुसाल र डोटीमा बुद्धबहादुर गुरुङलाई पठाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*