केवलकार निर्माणस्थलको रुख काटिएको क्षेत्रमा नो केवलकार समुहको बृक्षरोपण

वेलकम खबर
असार १, २०८२

ताप्लेजुङ । नो केवलकार समूहले पाथीभराको केवलकार निर्माण गर्ने क्षेत्रमा आइतबार बृक्षरोपण गरेका छन् । जेठ ३१ र असार १ गते वृक्षरोपण गर्ने कार्यक्रम अन्तर्गत ३१ गते बिरुवा खोजेर १ गते रोपेका हुन् ।
नो केवलकार समूहका एकजना अगुवा श्री लिंखिमका अनुसार छ हजार वढी बिरुवा रोपिएको छ । मुन्धुमी विधि अनुरुप वृक्षरोपण गरिएको उनले जानकारी दिए । प्रकृति र प्रकृतिकी देवी ताम्भुङनासँग फेदाङवाले माफी मागेपछि जमिन खन्ने परम्परा अनुसार त्यही विधि प्रयोग गरी वृक्षरोपण गरिएको लिंखिमले वताए ।
आन्दोलनरत समूहका अर्का अगुवा सरोज कङलिवाका अनुसार गुँरास, लौठ सल्ला, ढ्याङग्रे सल्ला, चिमाल लगायतका प्रजातिका बिरुवा लगाइएको छ ।

बृक्षरोपणको विषयमा आफुहरुले प्रमुख जिल्ला अधिकारी, पाथीभरा क्षेत्र विकास समिति लगायत सरोकारवाला निकायलाई जानकारी गराएको वताएका छन् । बृक्षरोपणका लागि जिल्ला भित्र र वाहिरका अभियन्ताहरु भेला भएका छन् । ययस्ता गतिविधिका क्रममा यसअघि झडपको अवस्था समेत सृजना भएपछि प्रशासनले ठुलो सङख्यामा प्रहरी परिचालन गरेको छ ।
यसअघि धार्मिक पदयात्राको क्रममा भेलाभएका आन्दोलनरत समुहका अभियन्ताले निर्माणस्थलमा पुगेर नारावाजी गरेपछि तीन दिनसम्म जिल्ला तनाव ग्रस्त वनेको थियो । त्यसअघि प्रहरीको गोलि लागेर घाइते भएका हरुलाई काठमाण्डौं लगेर उपचार गराइएको थियो । केवलकार निर्माण कम्पनिले भनें टावरको पोल गाड्न खाल्टा खन्ने काम गरिरहेका छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*