आज सातै प्रदेश सरकारले बजेट ल्याउँदै

वेलकम खबर
असार १, २०८२

काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आज (आइतबार) सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२ / ८३ को बजेट सार्वजनिक गर्दैछन्। संविधानले प्रदेश सरकारले हरेक वर्ष असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। केन्द्र सरकारले जेठ १५ मा, प्रदेश सरकारले असार १ गते र स्थानीय सरकारले असार १० गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ।

संघीय सरकारले प्रदेशलाई तोकेको वित्तीय अनुदान, राजस्व बाँडफाँट र रोयल्टीको निर्धारण अनुरूप ती स्रोतमा आधारित भएर सात वटै प्रदेशका अर्थमन्त्रीहरूले प्रदेश सभामा बजेट पेश गर्नेछन् । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२ / ८३ का लागि ६८ अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ। बागमतीले आर्थिक वर्ष २०८१ / ८२ मा ६२ अर्ब ७० करोड बराबरको बजेट ल्याएको थियो।

यस्तै, मधेश प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा ४४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो। कोशीले ३६ अर्ब २४ करोड ३५ लाख, गण्डकीले ३३ अर्ब ४२ करोड ७२ लाख र लुम्बिनी प्रदेशले ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो। यस्तै, सुदूरपश्चिम प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा २९ अर्ब २६ करोड ५९ लाख बराबरको बजेट ल्याएको थियो भने कर्णाली प्रदेशले ३१ अर्ब ४१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*