काठे पुल निर्माणको लागि ढुँगा ओसार्दै पालिका अध्यक्ष 

वेलकम खबर
असार १, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका जनप्रतिनिधि र स्थानीयवासीहरू अहिले अस्थायी काठे पुल निर्माणको लागि जुटेका छन । तीन दिन देखि  माङमायाखोलामा अस्थायी काठे पुल निर्माणका लागि जनप्रतिनिधिहरू र स्थानीय जनसमुदायहरू सँग सँगै  जुटेका  छन ।
अहिले काठेपुल निर्माणको लािग ढुगा ओसारिरहुनु भएको छ ।  अध्यक्ष विजयप्रकाश वनेमले सो खोलामा मोटरवेल पूल निर्माण हुदै  गरेपनि तत्कालको लागि काठे पुल आवश्यक भएको निर्माणमा जुटेको बताउनुभयो ।  त्यस्तै  उता आजै नरुवाखोला एकाबासे क्षेत्रमा पनि अस्थायी पुल निर्माण सम्पन्न हुदै गरेको अध्यक्ष वनेमले जानकारी दिनुभयो । उहाँले जनसमुदायसँग मिलेर विकास काम गर्न सहज हुने र जनश्रमदान गरिएको कार्य मजबुत हुने समेत बताउनुभयो ।  

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*