आठराई त्रिवेणीमा विद्यालयमा दलगत राजनीतिक प्रवेश नगराउने भन्दै सकियो शिक्षा भेला
ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको शिक्षा भेला सकिएको छ ।विद्यालयमा कुनैपनि दलगत राजनीति प्रवेश नगराउने सहितका १२ बुँदे घोषणापत्र जारी गर्दै शिक्षा भेला सम्पन्न भएको हो ।
गाउँ शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुको अध्यक्षतामा भएको शिक्षा भेलालेबिद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघलाई बिद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि क्षमता अभिबृद्धि गरी प्रोत्साहित गरिने छ । गाउँपालिकाले शिक्षक तथा विद्यालय कर्मचारीहरुको पेशागत सहयोग, सुपरीवेक्षण र निरीक्षण गरी असल शिक्षक तथा विद्यालय कर्मचारीलाई उचित पुरस्कार तथा कानुन विपरित जानेलाई दण्डको व्यवस्था गर्ने घोषणा गरिएको छ ।

पालिकाले निर्माण गरेका कानून शिक्षा ऐन नियमावली, कार्यविधि र निर्देशिकाहरुलाई समायानुकुल परिमार्जन गर्ने, प्रचलित कानून, ऐन र नियमावली बमोजिम बिद्यालयका प्रधान्यापकहरुको छनौट गरिने शैक्षिक गुणस्तर बृद्धिका लागि योग्य र विषयगत साथै प्रविधिमा दख्खल राख्ने शिक्षक छनौट गर्ने समेत घोषणा भएको पालिका अध्यक्ष दिपेन पोमुले जानकारी दिनुभयो ।




















