हेवा खोलामा निर्माणाधीन बेलिब्रिज झर्‍यो, एक जनाको मृत्यु, तीन मजदुर घाइते

वेलकम खबर
जेष्ठ ३१, २०८२

पाँचथर । मेची राजमार्गस्थित हेंवा खोलामा निर्माणाधीन बेलिब्रिज खसेको छ । जोडेर खोला वारिदेखि पारी पुर्‍याउने क्रममा पुल खसेको हो ।पुल खस्दा एक जना मजदुरको निधन भएको छ भने तीन जना घाइते भएका छन् ।

पुल जोड्न खटिएका मजदुरको नाम र ठेगाना खुलाइएको छैन । पुल खसेर मानिस घाइते भएको खबर आएपछि आफू पनि घटनास्थलमा जाँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए ।

घाइतेलाई उद्धार गरी पाँचथर अस्पताल ल्याउने तयारी भइरहेको छ । पहिलो पटक २०८० साल असार २ गते आएको बाढीले यहाँ लगाइएको पक्की पुल बगाएपछि बेलिब्रिज बनाइएको थियो । पुन: २०८१ असोज १२ गते सो बेलिब्रिज बगेपछि पुनः मोडुलर (बेलिब्रिज) बनाइँदै थियो ।

पुल के कारणले र कसरी खस्यो भन्ने विषय पुष्टि भएको छैन । मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम र हिलिहाङलाई सिमाना छुटाउने हेवा खोलामा पुल र बेलिब्रिज बगेपछि डाइभर्सन गरेर गाडी वारपार गरिँदै छ । – ekantipur

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*