फुङलिङमा ब्यापक खानेपानी समस्या, एक वर्ष भित्रमा समाधान गर्छौ : नगरप्रमुख मादेन
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा खानेपानीको व्यापक समस्या देखिएको छ । सदरमुकाम फुङलिङमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा नगरबासीले खानेपानीको समस्या भएको गुनासो गरेपछि खानेपानी समस्या देखिएको हो ।
फुङलिङ नगरपालिकाको आयोजना र जानकारी मिडिया प्रा.लिको सहजीकरण भएको सार्वजनिक सुनुवाई कार्यक्रममा ब्यापक रुपमा खानेपानीको समस्या रहेको र तत्काल समस्या समाधान गर्न नगरपालिकालाई आग्रह गरेका थिए नगरवासी दिलु श्रेष्ठ,महेश्वर खड्का ,सुजन दाहाल,गोपाल बराल राजु गुरुङ लगायतले खानेपानीको समस्या धेरै रहेकोले तत्काल समाधान गर्न आग्रह गरेका थिए ।
नगरपालिकाको ,४,५,६र ७ वडामा खानेपानीको धेरै समस्या रहेको बताएका थिए । नगरप्रमुख अमिर मादेनले खानेपानीको समस्या भएको भएको उल्लेख गदै एक वर्ष भित्रमा नगरपालिका भित्रको खानेपानी समस्या समाधान गर्ने बचन दिनुभयो ।

नगरवासीले नगरभित्र ट्राफिक व्यवस्थापनमा गर्नुपर्ने बसपार्क व्यवस्थापन गर्नुपर्ने, फोहोर मैला व्यवस्थापन गर्नुपर्ने, बाटोहरू मर्मत गर्नुपर्ने लगायतका माग राखेको थिए । आन्तरिक स्रोत कमी भएका कारण पनि नगरको विकासमा समस्या भएको भएको नगर प्रमुख मादेनले बताउनुभयो उहाँले नगरको विकासको लागि ठूल ठूला आयोजना गर्न कसैले रोक्न नहुने बताउनुभयो ।

नगरपालिकाले वर्ष भरी गरिएको कार्यका बारेमा वडा वडा के कस्ता राय सुझाव तथा जनताको चासो हुन्छ साथै स्थानीय सरकार नागरिक बीचको दोहोरो सम्बन्ध स्थापित गर्ने उद्देश्यले सार्वजनिक सुनवाई कार्यक्रम गरिएको
नगर प्रमुख अमिर मादेनले बताउनुभयो । कार्यक्रममा नगर उप प्रमुख भिमादेवि ओझा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम,वडा ४ का अध्यक्ष दुर्गा पालुङवा वडा ५ का सोजित श्रेष्ठ वडा ६ का मदन गुरुङ वडा ७ योगेन्द्र निरौला र नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुखहरुको सहभागिता र नगरवासीको भेलामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो । आँउदो सोमवार असार २ गते वडा न १, २ र ३ लाई केन्द्रीकृत गरेर वडा न २ मा सार्वजनिक सुनवाई कार्यक्रम हुने नगर प्रमुख मादेनले जानकारी दिनुभयो ।





















