ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभलपर उत्पादन (फोटो फिचर)

वेलकम खबर
जेष्ठ ३०, २०८२

ताप्लेजुङ। ताप्लेजुङमा पहिलो पटक १७ जना वेभ डेभलपर उत्पादन गरेको छ ।  आईटी एकेडेमीले शुक्रबार एक कार्यक्रम आयोजना गरी  डेभलपर लाई प्रमाणपत्र वितरण गरेको हो । 

समारोहमै तालिम अवधीमा विद्यार्थीले निर्माण गरेको ४ ओटा वेबसाइट समेत सार्वजनिक गरिएको छ । जिल्लामा रहेको व्यवसायी तथा सङ्घ संस्थाको कम्पनीको प्रोजेक्ट लिएर सफलतापूर्वक निर्माण गरि वेबसाइट सार्वजनिक गरिएको आइटी एकेडेमीका हेड अफ एकेडेमी बसन्त लिम्बुले बनाउनुभयो । उहाँका अनुसार सन् २०२५ को जनवरीबाट सुरु गरिएको छ महिने कोर्षबाट १७ जना विद्यार्थीलाई फुल स्ट्याक डेभलपर बनाइएको छ । एकेडेमीले गैर सरकारी संस्था ह्युमन प्राक्टिस फाउण्डेसनको आर्थिक सहयोगमा शतप्रतिशत छुटमा तालिम प्रदान गरिएको हेड अफ एकेडेमी लिम्बुको भनाइ छ । 

विद्यार्थीले छ महिने कोर्षमार्फत ८५ ओटा प्रोजेक्ट समेत सम्पन्न गरेका छन् । आइटी एकेडेमीमा हाल ग्राफिक्सका डिजाइनका छ महिनाको कोर्ष र वेभ डेभलपमेन्टको दोश्रो ब्याचको पढाई पनि जारी रहेको छ ।  एकेडेमीले हालसम्म  १३५ जना ग्राफिक्सका डिजाइनर, १९ जना डिजिटल मार्केटिङ र १७ जना वेभ डेभलपर उत्पादन गरेको छ । उनीहरुले अहिले अनलाइनको माध्यमबाट विश्वको बिभिन्न क्षेत्रमा रहेका कम्पनीमा रोजगार प्राप्त गरेका छन् । अधिकांश युवाले जिल्लामै बिभिन्न किसिमका ग्राफिक्सका डिजाइनसँग सम्बन्धित स्थानीय काम समेत गरिरहेका छन् । हेड अफ एकेडेमी लिम्बुका अनुसार हालसम्म उत्पादन भएका विद्यार्थीहरूले करिब ६१ लाख भन्दा बढी आम्दानी गरेका छन् । 

एकेडेमीले भावी दिनमा थप नयाँ कोषहरूको समेत पढाई सुरु गर्ने योजना तयार पारेको छ । बद्लिँदो समयसँग सुहाउँदो कोर्षहरुलाई प्राथमिकतामा राखेर जिल्लाका नागरिकलाई सक्षम बनाउने गरि पहल जारी राखिएको बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*