रोष्टममा गृहमन्त्री लेखक, वेल घेराउ र नाराबाजीमा रास्वपा

वेलकम खबर
जेष्ठ ३०, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि रास्वपाले बेल घेराउ गर्दै नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा र छानबिनको माग गर्दै उनीहरुले बेल घेराउ र नाराबाजी गरेका हुन्।

तैपनि गृहमन्त्री लेखकले बोल्न नरोकिएपछि उनीहरुले नाराबाजी गरिरहेका छन् । उनीहरूले गृहमन्त्रीमाथि कारबाही गर, राजीनामा दे भन्दै बेल घेराउ गरेका हुन्। रास्वपाले सत्ता र प्रमुख प्रतिपक्षबीच भएको दुई बुँदे सहमतिलाई अस्वीकार गरेको छ। आज मात्रै कांग्रेस, माओवादी र एमालेले सदन खुलाउन दुई बुँदे सहमति गरेका थिए।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु