अहमदावाद विमान दुर्घटनामा २४१ जनाको मृत्यु पुष्टि
वेलकम खबर
जेष्ठ ३०, २०८२

काठमाडौं । भारतीय राज्य गुजरातको अहमदाबादमा बिहीबार दिउँसो भएको एयर इन्डियाको विमान दुर्घटनामा २४१ जनाको मृत्यु भएको छ । अहमदावादबाट लण्डनका लागि उडेको विमान उडेको दुई मिनेटमै दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसमेत कुल २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु भएको पुष्टि भएको हो ।
भारतीय समय अनुसार, दिउँसो २ बजेर ३८ मिनेटमा अहमदावाद विमानस्थलबाट उडेको एयर इन्डियाको बोइङ ७८७(८ विमान २ बजेर ४० मिनेटमा भुइँमा बजारिँदै आगोको विशाल गोलामा परिणत भएको थियो । टाटा कम्पनीको स्वामित्वमा रहेको उक्त विमानमा २३० यात्रु र १२ जना चालक दलका सदस्य गरी कुल २४२ जना सवार थिए ।