अखिल अध्यक्षमा कडरिया र महासचिवमा धामी विजयी, अन्य पदाधिकारीमा को- को भए निर्वाचित ?

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् । कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए ।
अनेरास्ववियुको अध्यक्षमा डा. सुजनक कडरिया निर्वाचित हुँदा अञ्जना सिवाकोटी र विकास श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी विजयी भएका छन् । त्यस्तै सचिवमा आकाश घर्ती,रचना सापकोटा,गोपाल नेपाल र ससीम बाबु खाम विजयी भए । १५५१ मतदातामा रहेको अखिलमा १४५० मत खसेको थियो । विद्युतीय मेसिनमार्फत मतदान भएको थियो। अध्यक्षमा कडरिया र पौडेलबीच कडा प्रतिस्पर्धा भएको थियो ।