ताप्लेजुङे जनताको शान्ति सुरक्षामा कुनै कमि आउन्न : डीआईजी कार्की
ताप्लेजुङ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआइजी) ईश्वर कार्कीले ताप्लेजुङका जनताको शान्ति सुरक्षा अमनचयनमा कुनै कसुर बाँकी नराख्ने बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको निरीक्षणमा आउनु भएको डीआईजी कार्कीले आज जिल्लाका स्थानीयबासीले, नागरिक समाजका व्यक्तित्वसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमका ताप्लेजुङको जनताको सुरक्षामा कुनै कमी नहुने उल्लेख गदै ढुक्क हुन आग्रह गर्नुभयो ।
डीआईजी कार्कीले ताप्लेजुङ जिल्लामा लागूऔषधको प्रयोग तथा ओसार पसार नियन्त्रण गर्न प्रहरीले कडाइका साथ चेकजाँचको व्यवस्था मिलाएको साथै लागूऔषध लगायत अन्य अपराधका घटनाहरूलाई नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा स्थापना गर्न स्थानीयवासीहरूको अहम् भूमिका हुने हुँदा प्रहरी र नागरिक बिचको सम्बन्ध सुदृढ बनाई सामूहिक भावनाका साथ अगाडि बढेमा पक्कै पनि ताप्लेजुङ जिल्ला शान्ति सुरक्षा प्रभावकारी हुने विश्वास सम्पूर्णमा दिलाउनु भयो ।
धार्मिक तथा पर्यटकीय ताप्लेजुङ जिल्लामा पाथीभरा माताको दर्शन गर्न देश तथा विदेशबाट आउनु हुने श्रद्धालु भक्तजनहरूको सुरक्षा, आगलागी, बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा जिल्लावासीको सुरक्षामा आफूसँग भएको साधन स्रोत सहित प्रहरी तत्काल परिचालन हुने बताउनु भयो ।
डीआईजी कार्कीसँग पूर्वमन्त्री बलबहादुर साम्सोहाङले ब्राउन सुगर प्रयोगकर्ता बढेकोले न्यूनिकरण गर्न प्रहरीसँग आग्रह गर्नुभयो । त्यस्तै नेपाली काङ्ग्रेसका सभापति गजेन्द्र तुम्याहाङले दुई देश जोडिएको जिल्ला ताप्लेजुङ भएकोले र सहसचिव स्तरको सीडीओ र एसपी नेतृत्वको जिल्ला संरचना बनाउन आग्रह गर्नुभयो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाथोकीले तुम्याहाङको कुरालाई जोड दिदैँ इलाका प्रहरी कार्यालयमा गाडी र प्रत्येक चौकीमा मोटरसाइकल उपलब्ध गराउन आग्रह गदै सवारी साधन भएका घटना घटाउनेलाई पक्राउ गर्न छिटो छरितो हुने बताउनुभयो । उहाँले शान्ति सुरक्षाका कारण जिल्लाको जनसङ्ख्या घट्दै गएको गएको दाबी गर्नुभयो ।
पाथीभरा क्षेत्र विकास समितिको कार्यकारी निर्देशक जिल्लाको शान्ति सुरक्षा अमनचयन कायम गर्न प्रहरी उल्लेख्य भूमिका खेल्नु पर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल रेडक्रस सभापति ईन्द्र गुरुङले वर्षात शुरु भएकोले सबै विपद व्यवस्थापनमा सवै सचेत हुनपर्ने धारणा व्यक्त गर्नुभयो ।
नेपाल महिला संघको सचिव अञ्जना कडरिया लागु औषध कारोवार गर्ने न्युनिकनणकारणको लागि सचेतना कार्यक्रम गर्नुपर्ने त्यस्तै वीरेन्द्र युवा क्लबका अध्यक्ष लक्ष्मी काफ्लेले दैवि प्रकोप नियन्त्रणका लागि युवा परिचालन गर्नु पर्ने बताउनुभयो ।
पाथीभरा क्षेत्र विकास समितिका सदस्य तथा नेपाल तरुण दलका कार्यवहाक अध्यक्ष पृथ्वी पालुङवाले लागु औषध नियन्त्रणको लागि गाडी चेकिङ कडाई गर्नुपर्ने धारणा राख्नु भयो । त्यस्तै सुनचाँदी व्यवसायी गंगाशंकरले ताप्लेजुङका सुनचाँदी ल्याउन असुरक्षित भएको बताउदै सरकारलाई विलाशिता कर हटाउन सहयोग गर्न आग्रह गर्नुभयो । पाथीभरा क्षेत्र विकास समिति सदस्य चेतराज घिमिरे दुईवटा जिल्ला जोडिएकोले विशेष सुरक्षा दिनु पर्ने शान्ति सुरक्षा जोखिम जिल्ला ड्रक्स जोखिम नियन्त्रण गर्न भौगोलिक जोखिमले गर्दा प्रहरी युनिट बृद्वि गर्न आग्रह गर्नुभयो । त्यस्तै युवा हेमराज निरौलाले विभिन्न जातिहरुको संस्कार अनुसार काम गर्न पाउनु पर्ने उल्लेख गदै सोही अनुसार शान्ति सुरक्षा प्रत्याभुत गराउन आग्रह गर्नुभयो ।




















