पाथीभरा क्षेत्रमा विना अनुमति कुनै पनि कार्य नगर्न क्षेत्र विकासको अनुरोध (सूचना सहित )

वेलकम खबर
जेष्ठ २८, २०८२

ताप्लेजुङ ।  पाथीभरा प्राकृतिक सम्पदा र मानव समुदायको आस्थाको केन्द्र शक्तिपीठ भएकोले यसको संरक्षण र सम्वर्द्धन गर्न सबैको साझा दायित्व भएकोले पाथीभरा क्षेत्रमा विना अनुमति कुनै पनि कार्य नगर्न नगराउन पाथीभरा क्षेत्र विकासले आग्रह गरेको छ ।
बुधवार (हिजो ) क्षेत्र विकास समितिको बैठकले सो निर्णय गरेको र सोही अनुसार  आज (विहिवार) सार्वजनिक सूचना जारी गर्दै पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने र गुरु योजना निर्माण गरी पाथीभराको मौलिकतालाई कायम राख्ने निर्णय गरि पुरात्तव विभागलाई समेत अनुरोध गरिसकेको अवस्थामा पाथीभरामा, समितिको तर्फबाट गरिने काम पनि निर्णय बिना नगरिने भएको हुँदा विभिन्न संघ संस्था, व्यक्ति वा व्यक्तिगत र संस्थागत रुपले गरिने कार्यक्रम, अभियान र संरचना निर्माण गर्दा पाथीभरा क्षेत्र विकास समितिको पूर्व स्वीकृति लिएर मात्रै गर्नुहुन अनुरोध हो । पाथीभरा क्षेत्र विकास समितिद्धारा जारी सार्वजनिक सूचनामा अध्यक्ष रक्की थेवे र कार्यकारी निर्देशक प्रजिन हाङवाङले हस्ताक्षर गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*