म जिल्ला जाँदा एमालेलाई सोध्नु पर्दैन : पूर्वराष्ट्रपति भण्डारी

वेलकम खबर
जेष्ठ २७, २०८२

काठमाडौँ  ।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू जिल्लामा जाँदा एमालेलाई सोध्नु नपर्ने बताएकी छन्। आज बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

सञ्चारकर्मीले तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भूइँचालो जान्छ भनेर सोध्दा भण्डारीले आफू पूर्वमा पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय स्तरको कार्यक्रमका सन्दर्भमा आएको जिकिर गरिन्।

साथै उनले आफू देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु नपर्ने भनाइ राखिन्।   पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘पूर्वमा म दुई वटा कार्यक्रमको सन्दर्भमा आएको हो। पालिकाका उपप्रमुख र उपाध्यक्षहरूको राष्ट्रिय स्तरको कार्यक्रम थियो, त्यसको सन्दर्भमा म आएको हुँ। अर्को चाहिँ हाइस्कुलका विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गरेका थिए। मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ। चिनजान ठूलै छ, समाजका अरु अरु क्षेत्रहरूमा पनि चिनजान हुन्छ। जनताको आकांक्षा बुझ्न म लागेको छु। म देशभित्र घुमफिर गर्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*