ताप्लेजुङका पत्रकारहरुले लिए विज्ञान लेखन पत्रकारिता तालिम

ताप्लेजुङ । ताप्लेजुङमा सञ्चालित विज्ञान लेखन पत्रकारिता तालिमबाट करिव अढाइ दर्जन पत्रकार लाभान्वित भएका छन् । सदरमुकाम फुङ्लिङमा सञ्चालित तीन दिने विज्ञान लेखन पत्रकारिता तालिमबाट उक्त सङ्ख्यामा स्थानीय पत्रकार तथा सञ्चारकर्मी लाभान्वित भएका हुन् ।
नेपाल पत्रकार महासंघको समन्वयमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को आयोजनामा सञ्चालित तीन दिने तालिम शुक्रबार सम्पन्न भएको हो । तालिममा रेडियो, छापा, अनलाइनलगायत विभिन्न सञ्चारमाध्यममा कार्यरत २६ जना स्थानीय पत्रकार तथा सञ्चारकर्मी सहभागी भएका थिए ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का मुख्य वैज्ञानिक अधिकृत डा/भोजराज पन्तका ड्डअनुसार विकसित विज्ञान र प्रविधिको समयमा विज्ञान पत्रकारिताको आवश्यक पर्ने भएकाले तालिम आयोजना गरिएको हो । तालिमको सहजीकरण विज्ञान विषय विज्ञ दीपक अधिकारी र गोविन्द पोखरेल लगायतले गर्नुभएको छ । यता तालिमको समापनपछि सहभागी पत्रकारलाई नास्टका मुख्य वैज्ञानिक अधिकृत डा.पन्तलगायतले प्रमाणपत्र वितरण गर्नुभयो । तालिमको समन्वय नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाले गरेको थियो ।