तमोर खोलामा पानी खादा बालिका बेपत्ता 

वेलकम खबर
जेष्ठ २३, २०८२

ताप्लेजुङ  । तमोर खोलाले बगाउँदा ताप्लेजुङ फुङलिङ  नगरपालिका वडा ३ बस्ने ११ बर्षिया गंगा शेर्पा बेपत्ता भएकी छिन  ।
फुङलिङ ३ का टारबासी बस्ने निङमा शेर्पाका ११ वर्षीया छोरी गंगा बेपत्ता बनेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ ले जनाएको छ । प्रहरीका अनुसार डम्पिङ साईटको फोहोरमा फालेको सामान खोज्ने क्रममा तिर्खा लागेर पानी खानेक्रममा  हिजो विहीवार दिउसो ३ बजेर ५० मिनेट जाँदा अचानक ढुङ्गाबाट खुट्टा चिप्ली खोलाले बगाएको खोज तलास जारी रहेको सूचना समन्वय अधिकृत तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।  वर्ण रातो, सेतो बुटाको सुरुवालमा रातो रङको जामा लगाएको हुलिया भएकोले खोजतलासमा सहयोग गर्न सबैमा प्रहरीले आग्रह समेत गरेको गरेको छ ।  

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु