गृहमन्त्रीमाथि छानबिन समिति नबनेसम्म सदन चल्न नदिने विपक्षीको निर्णय

वेलकम खबर
जेष्ठ २३, २०८२

काठमाडौं । भिजिट भिसा ठगी प्रकरणमा विपक्षी दलहरूले उच्चस्तरीय छानबिन समिति गठनको सुनिश्चितता नभएसम्म सदन चल्न नसक्ने निर्णय गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा, आजपाको बैठकले भिजिट भिसामा छानबिन समिति गठनको सुनिश्चितता सत्ता पक्षले गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

माओवादी सांसद माधव सापकोटाकाअनुसार छानबिन समिति सुनिश्चितताको बटमलाइनसहित सत्ता पक्षसँग संवाद गर्ने जिम्मा प्रमुख सचेतकलाई दिइएको छ । माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादी उपाध्यक्ष राजेन्द्र पाण्डेलाई सत्ता पक्षसँग संवाद गर्ने जिम्मा दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*