ताप्लेजुङबाट प्रतिबन्धित लागू औषध १७५ पिस सहित तीनजना पक्राउ 

मदन गौतम
जेष्ठ १७, २०८२

जेष्ठ १६ गते , ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिबन्धित लागू औषध १७५ पिस सहित तीन जना पक्राउ परेकाछन्विहिवार फुङ्लिङ नगरपालिका  ६ को पाथीभरा चोकमा प्रतिबन्धित लागू औषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले सिरिजङ्गा गाउँपालिका ७ का १९ वर्षका आदर्श भट्टराई,फक्ताङ्लुङ गाउँपालिका २ घर भई हाल फुङलिङ नगरपालिका ६ मा बसोबास बस्दै आएका वर्ष २७ का विमर्श सुन्दास र फुङ्लिङ नगरपालिका १० बस्ने वर्ष १९ का नवीन गुरुङलाई शङ्कास्पद वस्तुसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले बताउनुभयो ।उनीहरूको साथबाट ट्रामाडोल  हाइड्रोक्लोराइड क्याप्सुल ११६ पिस  र डाइसाइक्लोमिन क्याप्सुल ५९ पिस फेला परेको प्रहरीको भनाईछ । नियन्त्रणमा लिएका सबैलाई जिल्ला अदालत ताप्लेजुङबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु