एमाले ताप्लेजुङले दीप प्रज्लन गरी गणतन्त्र दिवस मनायो

ताप्लेजुङ । नेकपा एमाले जिल्ला कमिटी ताप्लेजुङले दीप प्रजनन गरी १८ औँ गणतन्त्र दिवस मनाएको छ।मदन भण्डारी स्मृति प्रतिष्ठान तथा जिल्ला कमिटी ताप्लेजुङको पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरिएको हो।दीप प्रज्लनपछि सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमुले जनताको बलिदानबाट प्राप्त उपलब्धि भएको हुँदा यसलाई संस्थागत विकास गर्दै लानुपर्ने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सबै एकजुट हुनुपर्ने उहाँको धारणा रहेको थियो । उक्त कार्यक्रममा प्रदेश कमिटी सदस्य जिल्ला कमिटी पदाधिकारी ,नगर कमिटी साथै जनवर्गीय संगठन का प्रतिनिधि को उपस्थिति रहेको थियो।