भिजिट भिसा प्रकरणमा कुनै संलग्नता छैन,राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भयो

काठमाडौं—गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक पूर्वाग्रहका आधारमा षड्यन्त्र भएको बताए । साथै, उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगबाट आक्रमण भएको बताए । उनले भने, ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’ उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे ।